काठमाडौं । काठमाडौंको बौद्ध चुच्चेपाटीमा एक व्यक्तिले श्रीमती र छोरीलाई ‘थिनर’ प्रहार गरेका छन् ।
घरायसी विवादमा गएराति थिनर प्रहार गर्ने विष्ट थरका व्यक्तिलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । उनी हेटौंडाका हुन् ।
चुच्चेपाटीमा एसिड आक्रमण भएको हल्ला चले पनि एसिड नभई थिनर आक्रमण भएको पाइएको काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।
छोरीको आँखामा थिनर परेकाले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । आमाको अवस्था भने सामान्य छ ।
थिनर एक प्रकारको केमिकल हो । यसको उपयोग काठमा वा घरमा लगाउने रंगलाई पातलो बनाउन वा कुनै दागलाई हटाउन प्रयोग गरिन्छ । नङपालिस हटाउन र धातु वा प्लास्टिकका सामान चम्काउन पनि थिनरको प्रयोग हुन्छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved