पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

  • साउन २८, २०७७
  • कालापानी मिडिया
alt

मुक्ति न्यौपाने, पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–५, गल्धामा भएको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ गल्धाको पटकसर नजिकै दुर्घटना भएको बताईएको छ ।

जीप दुर्घटनामा निस्दी गाउँपालिका–५, गल्धा गावुडाँडाका ६३ वर्षिय ठाकुर प्रसाद फाल र निस्दी गाउँपालिका–४, मित्यालका ३ महिने नाम नखुलेका बालकको घटना स्थलमै ज्यान गएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालले जनाएको छ ।

दुर्घटनामा निस्दी–५ गल्धा, पटकसरका ३८ वर्षिया सुमित्रा सारु, ३६ वर्षिय सेरमती सारु, २० वर्षिय लक्ष्मी सारु र ३७ वर्षिया तिलकुमारी सारु, निस्दी–४, मित्याल झ्यालटुङका २५ वर्षिय सृजना गाहा, निस्दी ४ मित्याल , काफलका २२ वर्षिय विष्णु माया सारु घाइते भएका छन् ।

गाडीमा चालक सहित १० जना रहेको स्थानियले जनाएका छन् । जीप सडकबाट करिब ७ सय मिटर तल झरेको छ । दुर्घटना पछि चालक र सह चालक फरार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved