कोरोनाका कारण नेपालमा थप ६ जनाको मृत्यु

  • श्रावण २८, २०७७
  • कालापानी मिडिया
alt

कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेक्रम दैनिक बढ्न थालेको छ । आज मात्रै ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी ३८ वर्षीया महिला हुन् ।

यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु भएको पुष्टि गरेको छ । यस्तै, ललितपुरस्थित किष्ट मेडिकल कलेजमा कोरोना संक्रमित ७६ बर्षीय महिलाको मृत्यु भएको छ । यस्तै, कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये एकजना कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति हुन् भने अर्का व्यक्तिको पीसीआर रिपोर्ट आउन बाँकी छ । कोरोना भाइरसको लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमध्ये एकजना कपिलवस्तु तौलिहवाका हुन् भने अर्का व्यक्ति कृष्णननगरका हुन् । यस्तै, सप्तरी र सुनसरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गएराती डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज वडा नंबर ६ बस्दै आएका ७५ वर्षीय बृद्धको मृत्यु भएको हो ।

चार दिनदेखि ज्वरो आएपछि कोरोना परीक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको थियो । त्यस्तै यता, सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा आज कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । यस्तै, जनकपुरधामका पूर्व मेयर कृष्ण गिरीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको मंगलवार राति निधन भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved