मिन्क्स भोड्काकी सञ्चालिका भारतीय नागरिक सेठ्ठीको दोहोरो नागरिकता

नेपालका विभिन्न बैंक तथा भारतका बैंकमा समेत करोडौंको अवैध रकम,नेपालका बैकर देखि नेता,पूर्वमन्त्री संग राम्रो सम्बध ।

  • श्रावण २९, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । मिन्क्स लक्जरी भोड्काकी सञ्चालिका भारतीय नागरिक मिना सेठ्ठीले नेपालको नागरिकता लिएको खुलासा भएको छ । उनले नेपालको इलाम जिल्लाबाट २०५४ सालमा रानी गजमेरको नाममा नेपाली नागरिकता लिएको खुलासा भएको हो ।

इलाम जिल्ला दानावारीबाट २०५४ सालमा वंशजको आधारमा नागरिकता लिएकी गजमेरले भारतमा मीना डी सेट्टीको नाममा नागरिकता रहेको देखिएको छ । २०५४ साल माघ १५ गते जिल्ला प्रशासन कार्यलय इलामबाट लिएको नागरिकतामा जन्मस्थान मेची गाविस वडा नम्बर ७, बाबुको नाम देवी प्रसाद गजमेरको नाम रहेको छ । उनको नागरिकता प्रमुख जिल्ला अधिकारी भानुभक्त पोखरेलले प्रमाणित गरेका छन् ।

मिन्क्स लक्जरी भोड्काको संचालिका समेत रहेकी सेठ्ठीले यहाँ कमाएको सबै पैसा उनले मीनाको नाममा भारतमा आफ्ना् खातामा राख्ने गरेको समेत खुलेको छ । उनी हाल ललितपुरमा रहेको सिविल होमको बस्दै आएकी छिन । यसबारेमा बुझ्न हामीले रानीसँग पटकपटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहिनन ।

as

नेपालका विभिन्न बैंक तथा भारतका बैंकमा समेत करोडौंको अवैध रकम,नेपालका बैकर देखि नेता,पूर्वमन्त्री संग राम्रो सम्बध 

निज सेट्ठी (गजमेर) नेपाली थर को नेपालको विभिन्न बैकहरुमा अवैध रकम रहेको समेत खुलासा भएको छ । नेपालको एनआइसी एसिया बैंक,लक्ष्मी बैंक, बैक अफ काठमाडौंमा करोडौं अवैध पैसा रहेको सा्रेतले जनाएको छ । उनले नेपालका बैंकका उच्च पदस्थ व्यत्तिहरुसंगको राम्रो सम्बन्ध बनाई नेपालबाट भारतमा रहेको आफ्नो बैंंक खातामा पैसा पठाउने गरेको देखिएको छ ।

नेपालका राजनीतिक दलका केही नेता तथा एक पूर्वमन्त्री संग राम्रो सम्बन्ध र मिलेमतोमा पैसा भारत पठाउने गरेको स्रोतको दावी छ । उनले आफुंसंग दुर्वै देशको नागरिकता भएको समेत स्वीकार गरेको पनि स्रोतबाट खुलेको छ ।

117646026_222931795820989_8516516086857357431_n 117445095_413415536301997_8704383035539102232_n 117250101_651362495474060_5619756293705883182_n 117363939_306585843992460_5541780771730852497_n

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

को हुन सेट्ठी र नेपालमा उनी के गर्छिन ?
उनको घर भारतको सिलगुढी स्थित दुर्गानगरकी स्थायी बासिन्दा हुन । हाल उनी पहिलो श्रीमानलाई छोडी दोस्रो श्रीमानमा संग छिन । तर हाल उनको दोस्रो श्रीमान उतै भारतमै बसोबास गर्दै आएका छन । उनको पहिलो र दोस्रो श्रीमानबाट गरी २ छोरा र १ छोरी छन ।

हाल उनी नेपालमा मिन्क्स लक्जरी भोड्काकी सञ्चालीका हुन । उनको भारतको सिलगुडी र नेपालमा काठमाडौंको बालुवाटारमा समेत घर रहेको खुलेको छ ।

a

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved