बाजुरामा २० परिवार बिस्थापित

  • साउन ३०, २०७७
  • कालापानी मिडिया
alt

बाजुरा । साउन २५ गते अविरल वर्षासँगै बूढीगङ्गा नदीमा आएका बाढीका कारण जिल्लाको गौमूल गाउँपालिका–२ सिम गाउँको सिङ्गो बस्ती नै विस्थापित बनेको छ। बूढीगङ्गा नदीको मुहान गौमूल नजिकै पर्ने कुहुनाको पहिरोले नदी थुनिएर आएको बाढीका कारण सिमको सिङ्गो गाउँ नै विस्थापित बनेको हो।

गाउँमा बसोबास गर्ने २० वटै परिवारका घर, पहिरोले बगाएर क्षति पु¥याएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताए। २० परिवार बसोबास गर्ने सिङ्गो गाउँ नै सार्नु पर्ने गरी विस्थापित बनेको थापाको भनाइ छ। उपाध्यक्ष थापा नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ। अधिकांश घर भत्किसकेको र केही पहिरोले पुरिएको अवस्थामा रहेका छन्। २० वटै परिवार अहिले गाउँ नजिकैको खुला चौर र गोठखरकमा बास बसिरहेको अवस्था रहेको छ।

नजिकै बस्नलाई सुरक्षित जमिन पनि नभएको र सोही स्थानमा बस्न पहिरोको डर भएकाले नयाँ विकल्प खोजी गर्न जरुरी रहेको उपाध्यक्ष थापाको भनाइ छ।

तत्कालका स्थान्तरण गर्न जरुरी देखिए पनि दीर्घकालीन समाधानका लागि बस्ती नै सारेर अर्को विकल्प तय गर्नुपर्ने गाउँपालिकाको तयारी छ। घर पहिरोमा पुरिएर क्षति भए पनि स्थानीयलाई खान बस्नसँगै लगाउने कपडाको समेत समस्या देखिएको छ। गाउँको बीचको पुल बगाएर आवतजावत समस्या भएपनि स्थानीय सुरक्षित अवस्थामा रहेको पाइएको छ।

सिमजस्तो उठिबास नै अजय टोट्की गाउँमा नभएको बताइएको छ। सिमका २० परिवारका लागि खान बस्नमात्र समस्या देखिएको छ। पालसहित खाद्यान्न र लत्ताकपडासहित आवश्यक छ। सिममा १२३ जनाको बसोबास छ उनीहरु सबै घर बाहिर खुला आकाशमा बस्न बाध्य छन्। सिङ्गो बस्ती नै उठिबास भए पनि बालबालिका, वृद्धवृद्धा, गर्भपती तथा सुत्केरीका लागि बढी समस्या भएको छ।

पाँच दिनसम्म राहत पाएनन्

अविरल वर्षाका कारण गौमूल गाउँपालिका–२ सिम गाउँमा बाढी पहिरोबाट विस्थापित परिवारले पाँच दिनसम्म राहत पाएका छैनन्। साउन २५ गते रातिको अविरल वर्षाका कारण गाउँको माथिबाट आएको पहिरोले २० परिवारका घर बगाएको गौमूल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताए।

पाँच दिनसम्म पालसमेत नपाएको पीडितले बताएका छन्। बूढीगङ्गा नदीको मुहान हँुदै आएको बाढी र कुहुर्नामा आएको पहिरोले बूढीगङ्गा नदी थुनिँदै आएकोले सिममा पनि नदी थुनिएर ताल बनेपछि सिम गाउँ नै विस्तापित भएको छ, खेतीयोग्य जमिन र गाउँ पूरै बगर बनेको छ।

राहतको लागि गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया काठमाडाँैमा धाइरहेका छन्। बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य लालबहादुर थापालगायत बाजुरा जिल्लाका नेताको पहल भइरहेको गाउँपालिकाले जानकारी दिएको छ।
रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved