ललितपुरको पाटनमा एक जना कोरोना संक्रमितको मृत्यु

  • भदौ २, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा आज विहान एक जना ३८ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। प्रादेशिक अस्पताल भैरहवामा साउन २८ गते कोरोना पुष्टि भएको थियो। उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

अहिले उनको शव कसरी व्यवस्थापन गर्नेबारे छलफल भइरहेको अस्पतालले जनाएको छ। बुटवलस्थित युनिभर्सल मेडिकल कलेजमा पित्तथैलीको अपरेशन गराएका उनको अपरेशन लगत्तै कोरोनासँग मिल्दा जुल्दा लक्षण देखिएपछि परीक्षण गराउदा कोरोना पुष्टि भएको थियो।

विरामीको अवस्था जटिल भएपछि प्रादेशिक अस्पताल भैरहवाले पाटन अस्पताल रेफर गरेको हो। पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर दुई का स्थायी घर भएका उनी जिल्लाका कांग्रेस उपसभापति थिए। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved