भिम पौडेल,बाँके । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रवार बिहान उपचारकै क्रममा नेपालगन्जका एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३, एकलैनीका ५२ बर्षिय एक कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार बिहान २ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।
मृतक व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि असोज ५ गते राती ११ बजे उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको र कोरोनाको आशंकामा ६ गते बिहान पिसिआर जाँचकालागि स्वाब संकलन गरिएको थियो । सोहिदिन दिउँसो आएको कोरोना परिक्षणको नतिजामा उनलाई पोजेटिभ देखिएको र उपचारकै क्रममा शुक्रबार बिहान २ बजेर २५ मिनेटमा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको स्वास्थ्य कार्यालयद्वारा जारी गरिएको प्रेस नोटमा जनाइएको छ ।
मृतक व्यक्तिको दुबै तिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको स्वास्थ्य समस्या रहेको उक्त नोटमा जनाइएको छ । यो सङ्गै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । मृतक व्यक्तिको शव व्यवस्थापनकालागि समन्वय र तैयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved