गुल्मीको ईश्मा गाउँपालिकामा जीप दुर्घटना,पाँच जनाको मृत्यु,चार घाइते

सिरहामा बस र मोटरसाईकल आपसमा ठोक्किदाँ दुईको मृत्यु

  • मंसिर १२, २०७७
  • कालापानी मिडिया
alt

डिबी खड्का, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका चार हुलमा जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परि एकै वडाका पाँच जनाको मृत्यु भएको हो भने चार जना घाइते भएको वडा अध्यक्ष गङु अधिकारीले जानकारी दिएका हुन् । सोही स्थान बाट तम्घासकका लागी छुटेको लु १ ज ११६६ नम्वरको जिप दुर्घटनामा परेको हो ।zip

मृत्यु हुनेमा इस्मा गाउँपालिकाका ६५ वर्षीय डमर बहादुर हिाताङ, सोहि स्थानका , सोहि स्थानका ३० वार्षिय बसन्त दर्लामी , नेपाली सेनमा कार्यारत वर्ष ३३ का शिव दर्लामी , नेपाली सेनामै कार्यरत वर्ष ३३ का धन बहादुर असामी मालीका गाउँपालिका ५ वस्ने ८० वर्षका सुन्दरी थापाको घट्नास्थलमै मृत्यु भएको वडा अध्यक्ष गङु प्रसाद अधिकारीले जानकारी दिए ।jip

त्यस्तै घाईते हुनेहरुमा वर्ष २८ की सरस्वती दर्लामी , वर्ष १९ का परशुराम थापा, चालक वर्ष २४ का बुद्ध बस्नेत र सहचालक वर्ष २३ का कमल हिताङ रहेका छन् । घाइते मध्ये पर्शुराम थापाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको छ । प्रहरीका अनुसार, जिप सडक बाट करिब ७०० मिटर तल खसेको बताईएको छ । ब्रेक फेल भएर जिप दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।zipp

यसै गरी चोहर्वा सिरहा सहायक सडक अन्तर्गत सिरहा नगरपालिका १० पदमपुरमा बस र मोटरसाईकल आपसमा ठोक्किदाँ मोटरसइकलमा सबार दुई जनाको मृत्यु भएको छ ।BAS MOTER CYCLE

मृत्यु हुनेमा मोटरसाईकल चालक सिरहा नगरपालिका ११ भलुवाही निवासी २५ वर्षिय देव नारायण कामती र २६ वर्षिय अरुण कुमार कामती रहेको प्रहरीले जनाएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदैगरेको ना ५ ख ५५१८ नम्बरको माँ शेराबाली बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्वरको मोटरसाइकल आपसमा ठोक्किदाँ सो दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved