उपत्यकाको निषेधाज्ञा एक साता लम्बियो,विहान २ घण्टा मात्रै पसल खोल्न पाउने, पत्रकारलाई सुचनाको पास अनिवार्य

  • बैशाख २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता लम्बिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाको निषेधाज्ञा थप कडाइसहित आउँदो बैशाख २९ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराईले उपत्यकाको निषेधाज्ञा एक साता लम्बिने भएको बताए । उनका अनुसार अबको निषेधाज्ञा थप कडा हुनेछ । बिहीवारदेखि नयाँ मापदण्डसहितको निषेधाज्ञा लागू गरिने पनि बैठकले निर्णय गरेको छ । साथै पसल खोल्ने समय पनि परिवर्तन गरिएको छ । अब खाद्यन्न तथा फलफुल पसल बिहान नौ बजेसम्म मात्र खोल्न पाउने व्यवस्था गरेको छ ।

बैठकले यस्तै सरकारी कार्यालयमा २५ प्रतिशत कर्मचारी उपस्थित भएर काम गर्ने तथा बैंकको केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्रै कर्मचारी उपस्थित भएर काम गर्न पाउने निर्णय गरेको छ । बैठकले पत्रकारलाई पनि अनिवार्य सुचना विभागको पास देखाउनेपर्ने निर्णय गरेको छ । यस्तै बैठकले सबै बैंकले जिल्लामा रहेका आफ्ना शाखामध्ये २५ प्रतिशत शाखा मात्रै खोल्न पाउने भएका छन् ।

बैठकले यसअघि जारी गरेका सबै पास खारेज गर्दै अब मृत्यु संस्कार लगायत अत्यावश्यक काममा मात्रै पास जारी गर्ने निर्णय पनि गरेको छ । ९ बजेसम्म मात्र कायम गरिएको छ । उपत्यकामा यसअघि गएको १६ गते जारी भएको निषेधाज्ञा बुधवार राति सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved