विपतमा दिन्छ राप्रपाले साथ

  • असार २, २०७८
  • कालापानी मिडिया
alt

दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य विजय खड्काले कोभिड १९ महामारी बीच दोलखा जिल्लामा अग्रिम मोर्चामा खटिएका स्वास्थ्यकर्मी,नेपाली सेना, नेपाल प्रहरी, नेपाल पत्रकार महासंघ, एफएम, अनलाइन लगायतमा कार्यरतका लागि तथा स्वास्थ्य चौकीहरूको लागि सेनेटाइजर, मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

उनले राप्रपा दोलखाका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्षमार्फत स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले विपत्तिको बेलामा राप्रपा सधैं दोलखा जिल्लावासीको साथमा रहेको वताए ।

3

उनले विगतमा पनि अक्सिजन हाईड्रोजन मेसिन राप्रपाको पहलमा जिल्ला अस्पतालमा हस्तान्तरण गरिएको, आगामी दिनमा राप्रपाकै पहलमा अक्सिजन कन्सन्ट्रेटर लगायतका सामानहरू हस्तान्तरण गरिने वताए । विपतको बेलामा सहयोग गर्ने प्रवासमा रहनु हुने साथीहरूले आफ्नो गाँस कटाएर सहयोग गरेको सामग्री समुदायमा पुग्ने र पूर्ण सदुपयोग हुने उनले वताए ।

ग्लोबल चिम्से सोल अर्गनाइजेसनका अध्यक्ष पारस राई, अमेरिकामा रहेका सुवास पोखरेल, कोरियामा रहेका उद्वव दाहाल, छवि ओझा लगायतको ८५ हजार ४४७ रुपैयाँको सहयोगमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो । उक्त अवसरमा राप्रपा कार्यसम्पादन समितिका सदस्य प्रवीणकुमार थोकरले सबै सहयोगी मनहरूलाई धन्यवाद व्यक्त गरे ।

राप्रपा जिल्ला अध्यक्ष राजनबहादुर शिवाकोटी र दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठले उक्त सामग्री समुदायमा पारदर्शी तरिकाले हस्तान्तरण गरिने वताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved