पाल्पास्थित सिद्धार्थ राजमार्ग ३ दिनदेखि बन्द, खुलाउने प्रयास जारी

  • असार ३, २०७८
  • कालापानी मिडिया
alt

पाल्पा । पाल्पास्थित सिद्धार्थ राजमार्ग ३ दिनदेखि बन्द छ। सवारीसाधन चल्न पाएका छैनन्। लगतार चार दिनसम्म परेको अविरल वर्षासँगै झरेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो।

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका–८ गौडेभीरमा तलबाट सडक नै पहिराले बगाएको छ। खोलाको बहाबले करिब १ सय मिटर राजमार्ग कटान गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए। बुधबार दिनभर प्रयास गरे पनि राजमार्ग सुचारु हुन सकेन। रातिसम्म पानी परेकाले पहिरो पन्छाउन कठिन भएको उनले बताए।

बिहीबार बिहानैदेखि राजमार्ग खुलाउने प्रयास भइरहेको छ। स्काभेटरको सहायताले पहिरो पन्छाउने र राजमार्गको ट्रयाक खोल्ने काम भइरहेका उनले बताए।

त्वातीका अनुसार राजमार्गको ट्रयाक नै खोल्नु पर्ने अवस्था छ। मथिबाट पहिरो खस्नेक्रम पनि रोकिएको छैन्। त्यसैले सडक कतिबेला सुचारु हुन्छ भन्ने अन्योल नै छ। आकाशबाट पानी पर्न रोकिएको छ। आज दिनभरीमा खुल्छ कि भन्ने आशा छ। राजमार्ग अवरुद्ध भएपछि बिरामी बोकेका एम्बुलेन्सहित मालवहाक सवारीसाधन बीचबाटोमा अलपत्र परेका छन्।

यता, सिद्धार्थ राजमार्गकै रम्भा गाउँपालिका–३ स्थित सेरा र सीता पहाडमा समेत पहिराले सिद्धार्थ राजमार्ग बन्द भएको थियो। अहिले एकतर्फी सञ्चालनमा आएको छ। यस्तै तानसेन–गुल्मी सडकखण्डअन्तर्गत रिब्दीकोट गाउँपालिका–३ मालमुलमा पहिराले सडक अवरुद्ध भएको थियो। अहिले एकतर्फी सुचारु भएको प्रहरी नायब उपरीक्षक त्वातीले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved