किन लुकाइयो चितवनको दियालो दरवार ?

  • पुस १४, २०७६
  • कालापानी मिडिया
alt

चितवन,

चितवन पर्यटन वर्ष २०२० को तयारी तीव्र भइरहँदा चितवनको ऐतिहासिक र पर्यटकीय महत्वपूर्ण दियालो दरबारको भने कहिँ कतैबाट चर्चा सुनिएको छैन ।

चितवनले समेत आफ्ना पर्यटकीय गन्तव्यहरुमा दियालो दरवार समावेश नगर्नु दुखद भएको पर्यटन व्यवसायीहरुको गुनासो छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको यस महत्वपूर्ण र ऐतिहासिक दियालो दरबार हेर्ने अवसर नेपाली सेना र सरकारका विशेष अधिकारी बाहेक अन्यले कमै पाउने गरेका छन् । पर्यटकीय गन्तव्यका रुपमा परिचित चितवनमा रहेको दियालो दरबार हेर्न सर्वसाधारण त परको कुरा चितवनका सरकारी अधिकारी, जनप्रतिनिधि, पर्यटन व्यवसायी उद्योगी र उद्योग वाणिज्य संघका पदाधिकारीहरुले समेत अवसर पाएका छैनन् ।

राजसंस्थाको मुख्य दरबार नारायणहिटी सर्वसाधारणका लागि पाटी समेत खान मिल्ने गरी भोजन गृहका रुपमा विकास भयरहदा दियालो दरबार भने लुकाइनु दुःखद भएको चितवनका पर्यटन व्यवसायीहरु गुुुनासो छ । नेपाली सेनाको घेरामा रहेको जंगलभित्र एकान्तमा दियालो बंगला दरबार छ । जुन दरवारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजन गौतमको भनाइ छ ।

शाहवंशीय राजाहरूको शितकालीन दरवार हो यो । राजा महेन्द्रले यसको निर्माण गर्न लगाएका थिए । यो दरवार नारायणी नदी किनारमा देवघाट जाने सडक तथा राजधानी जाने सडक मार्गको चोकमा छ । दरवारमा सबैभन्दा धेरै बस्ने राजा महेन्द्र हुन् भने राजा वीरेन्द्र पनि माघेसंक्रान्तिको अवसर परेर बस्ने गर्थे भने, पुर्वराजा ज्ञानेन्द्र शाह पनि यहाँ पुगेको त्यहा ँकबार्यरत कर्मचारी घनश्याम केसी बताउछन् ।

चितवन जिल्लाको नारायणगढ बजार नजिक रहेको दियालो बंगाला दरबार सर्वसाधारणका लागि खुला गर्न सके यसले चितवनको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्न देखिन्छ । हाल सेनाको संरक्षणमा दरबार र यसको संरक्षित भूमि भने अतिक्रमणबाट बचेको छ । त्यसैले दरबार नेपाली सेनाकै संरक्षणमा रहने गरी सर्वसाधारणका लागि भने खुल्ला गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved