कालीगण्डकी तिनाउ डाइभर्सनको काम अघि बढ्यो

  • असार १२, २०७८
  • कालापानी मिडिया
alt

बुटवल । करिब डेढ दशकदेखि बहसमा रहँदै आएको कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि कार्यालय स्थापना गरी काम अगाडि बढ्ने भएको छ। कालीगण्डकी नदीलाई डाइभर्सन गरेर तिनाउ नदीमा मिसाई रुपन्देही, कपिलवस्तु र नवलपरासीका खेतीयोग्य जमिन सिञ्चाई गर्ने उद्देश्यसहित यो योजना अगाडि बढाइने भएको हो।

कालीगण्डकी नदीको राम्दीभन्दा साढे दुई किलोमिटर तल ड्याम निर्माण गरी २७ किलोमिटर सुरुङ हुँदै पाल्पाको तिनाउ-२, दोभानमा पानी ल्याउने योजना रहेको छ। दोभानमा निर्माण हुने ड्यामबाट १२६ मेगावाट विद्युत उत्पादन गर्ने प्रारम्भीक अध्ययन भएको कालिगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रमुख सन्तोष कैनीले जानकारी दिए।

करिब ९ मिटर चौडा सुरुङमार्गबाट ८१ दशमलव ६ क्युसेक पानी तिनाउ नदीमा मिसाएर विद्युत् उत्पादनसँगै सिञ्चाईको व्यवस्था गर्ने लक्ष्य रहेको छ। यस आयोजनाबाट दोभानमा पहिलो र बुटवल नजिकै बेलवासमा दोस्रो विद्युत् गृह निर्माण हुने गरी डीपीआर बन्दैछ। अध्ययनका क्रममा सबै पानी बेलवासमा पुर्‍याएर एउटामात्र विद्युत् गृह बनाउने तयारी भए पनि बेलवासदेखि तिनाउसम्म करीव १०० मिटर फराकिलो नहर बनाउन असम्भव भएपछि दोभान र बेलवास दुवै ठाउँमा पानी झार्ने तयारीसहितको योजना बनेको हो।

दोभानमा पहिलो विद्युत् गृहबाट आधा पानी तिनाउमा मिसाइने छ भने बेलवासमा बन्ने दोस्रो विद्युत् गृहबाट २७ किलोमिटर लामो नहर बनाएर तिनाउको पश्चिम क्षेत्र हुँदै कपिलवस्तुसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ। पश्चिममा बाणगंगा नदीसम्म यस्तो नहर बन्ने छ। दोभानबाट तिनाउमा खसालिएको आधा पानी १४ किलोमिटर लामो पूर्वी नहर हुँदै तिनाउ पूर्वका क्षेत्रमा सिँचाइका लागि उपयोग गरिनेछ ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका गृहमन्त्री बिष्णु पौडेलले चुनावी नाराका रुपमा कालगण्डकी–तिनाउ डाइभर्सनको विषयमा आवाज उठाउँदै आएका थिए। आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि बजेट समावेश गरी आयोजना अगाडि बढाइने उल्लेख गरिएको छ।

डाइभर्सनका कारण कालीगण्डकीको तल्लो तटीय क्षेत्रमा वातावरणीय समस्या सिर्जना नहुने विज्ञहरुले बताएका छन्। नदी डाइभर्सनको अन्तर्राष्ट्रिय मापदण्डलाई समेत टेकेर वातावरणीय प्रभाव अध्ययनको निष्कर्षका आधारमा परियोजना अघि बढाउन लागिएको उपप्रधानमन्त्री पौडेलले बताए। सुक्दै गएको तिनाउमा पानीको मात्रा बढाउने उपयुक्त विकल्पको रुपमा तिनाउ(कालीगण्डकी डाइभर्सनलाई हेरिएको उनले बताए।

एक लाख हेक्टर बढी जमिनमा सिञ्चाई
बहुउद्देश्यीय आयोजना अन्तर्गत पाल्पाको दोभानमा विद्युत ड्याम तयार हुने छ भने सिञ्चाईका लागि दोभानदेखि रुपन्देहीको बेलबाससम्म ७ किलो मिटर लामो सुरुङबाट पानी ल्याइने छ।

एक लाख हेक्टर बढी खेती योग्य जमिनमा सिञ्चाई सुविधा पुर्‍याउन सक्ने गरी निर्माण गरिने यो आयोजना सपन्न गर्न १८० अर्ब लागत अनुमान गरिएको छ। आयोजना सञ्चालनका लागि डीपीआर निर्माणको काम सुरु गर्ने तयारी स्वरुप कार्यालयको स्थापना गरिएको आयोजना प्रमुख कैनीले जानकारी दिए।

आयोजनाको कार्यालय उद्घाटन
आज उप्रधानमन्त्री पौडेलले उक्त आयोजनाका लागि स्थापित कार्यालयको औपचारिक रुपमा उद्घाटन गरेका छन्।

शुक्रवार मात्रै अर्थ सहित गृह, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलश्रोत तथा सिञ्चाई गरी ५ मन्त्रालयको जिम्मेवारी पाएका पौडेलले आयोजनाको कार्यालय उद्घाटनका लागि रुपन्देही आएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले आयोजनाको लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved