आज कोशी र कनकाईका सहायक नदी तथा खोलामा पानीको बहाव,सतर्क रहन आग्रह

  • असार १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, कनकाई र यसका सहायक नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेको छ। यसका तटीय क्षेत्र बाढीको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार आज प्रदेश १ का इलाम‚ झापा‚ सुनसरी‚ मोरङ‚ उदयपुर र धनकुटामा बाढीको उच्च जोखिम रहेको छ। पाँचथर‚ ओखलढुङ्गा‚ संखुवासभा‚ भोजपुर र ताप्लेजुङमा मध्यम जोखिम रहेको छ।

यस्तै‚ प्रदेश २ का महोत्तरी‚ धनुषा‚ सिरहा र सप्तरीमा बाढीको जोखिम मध्यम नै रहेको छ। बागमती प्रदेशका रसुवा‚ सिन्धुपाल्चोक‚ दोलखा‚ रामेछाप‚ नुवाकोट‚ धादिङ र काठमाडौं बाढीको मध्यम जोखिमको सूचीमा रहेको छ।

गण्डकी प्रदेशका गोरखा‚ लमजुङ‚ तनहुँ‚ स्याङ्जा‚ पर्वत‚ कास्की र बाग्लुङमा पनि बाढीको जोखिम मध्यम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved