नवलपररसी । पुर्व पश्चिम राजमार्ग अन्र्तगत नारायणगढ बुटवल सडक खण्डको सुनवल १३ बडेराको डाईर्भसन गएराति बाढिले बगाएको छ ।
बाढिले डाइर्भसन बगाएपछि पुर्व पश्चिम गुड्ने सवारी साधनलाई सुनवलबाट परासी हुदै भुमहीतर्फ पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । सडक सुचारुको लागी करिव २० मिटर जति वाढिले वगाएको डाईभर्सन बनाउने काम भैरहेको ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख बासुदेव नेपालले जानकारी दिए ।
सडक विस्तारको ठेक्का पाएको चाईना स्टेट कन्स्ट्रक्सनले दाउन्ने पश्चिम खण्डमा निर्माण गर्नुपर्ने ३० ओटा पुल मध्ये अधिकांशको निर्माण कार्य सुरु गरेका छ । वर्षायाम सुरु भएसंगै पटक पटक डाईभर्सन बगाउदा सवारी साधन संचालनमा समस्या हुदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved