भिमफेदी–कुलेखानी सडकखण्डमा फेरि पहिरो

  • असार १६, २०७८
  • कालापानी मिडिया
alt

हेटौंडा । हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीको मार्ग भिमफेदी–कुलेखानी सडकखण्डमा फेरि पहिरो खस्दा बाटो अवरुद्ध बनेको छ। मंगलबार मात्रै पहिरो पन्छाएर सञ्चालनमा आएको उक्त सडखण्डमा बुधबार बिहानदेखि परेको पानीसँगै आएको पहिरोले फेरि बाटो अवरुद्ध बनेको हो।

शनिबारदेखि लगातार पहिरो खस्दै आएको भीमफेदी गाउँपालिका–६ साउने खोल्सीमा बुधबार फेरि पहिरो खसेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए। उनको अनुसार साउने खोल्सी मात्रै नभएर हेटौंडाबाट काठमाडौ प्रवेश गर्ने अन्य विभिन्न स्थानमा सानो तथा ठूलो पहिरो खसेको छ। लगातार पानी परिरहेकोले कहाँ कहाँ पहिरो खसेको छ भन्ने जानकारी लिन नसकेको दासले बताए।

साउने खोल्सीमा ठूलो पहिरो खसेकोले त्यहाँको पहिरो नपन्छाइ अन्य स्थानको पहिरो पन्छाउन जान सक्ने अवस्था नभएको दासले बताए। लगातार पानी परिरहेकाले पहिरो पन्छाउन नसकेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved