सोलुखुम्भु । सरकारले कृषिमा आधुनिकिरण गरि कृषि उत्पादन बढाउँने भन्दै कृषि औजार वितरण गर्ने गरेको छ । तर हिमाली जिल्ला सोलुखुम्बुमा आधुनिक कृषि औजारको पहूँच अझै पुग्न सकेको छैन । जसका कारण पुरानै शैलीबाट धान रोपाई हुदै आएको छ ।
सरकारले लिएको लक्ष अनुसार यो बर्खाको समयमा खेतबारीमा ट्याक्टर, लगायतका कृषि औजार लिएर किसान व्यस्त हुनुपर्ने हो । तर सोलुखुम्बुमा अझै यसको पहूँच पुगेको छैन । यहाँ परम्परागत शैलीबाटै रोपाई हुदै आएको छ । जसमा हल गोेरुलाई नारेर खेत हिल्लाएर धान रोप्ने गरिन्छ । यो विधिबाट धान रोपाई गर्दा बढि समय र बढि जनशक्ति लाग्ने गर्दछ ।
न किसनलाई कृषि औजार पर्याप्त छ, न, मल बिउ नै । जे छ, परम्परागत शैलीमा नै कृषिमा निरन्तरता पाईरहेको छ । कृषि क्षेत्रमा आउने कृषि औजार, अनुदान लगायतका कार्यक्रम झोले किसानकोे पोल्टामा पर्ने गरेको छ । बास्तविक किसानको पहिचानगरि आधुनिक औजार र मल बिउको उपलब्ध गराउन सके लभान्वित हुने किसानको माग छ ।
चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र सोलुखुम्बुले ६१ लाख बराबरको कृषि औजार वितरण गरेको छ । तर बास्तिविक किसानले अझै यस्ता औजार पाउन सकेका छैनन् । सरकारले झोले किसानलाई नभई बास्तिविक किसान पहिचान गरि कार्यक्रम लागु गर्न सके किसानलाई हौसला मिल्ने थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved