म्याग्दीमा जिप दुर्घटना स् दुई जनाको मृत्यु, ६ घाइते

  • असार १७, २०७८
  • कालापानी मिडिया
alt

बेनी । म्याग्दीको मंगला गाउँपालिका-२ मिठौलामा बुधबार राती भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सिमलचौरबाट पुर्णगाउँतर्फ जादै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तिबाट खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

IMG_1561

मंगला गाउँपालिका-१ पुर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका बिमल बिकको मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले बताए। ‘उनीहरुलाई बेनी अस्पताल ल्याईपुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए,’ उनले भने ‘घाइते ६ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ।’ घाइते र मृतक सबै मंगला गाउँपालिकाको वडा नम्बर १ का हुन्।

१९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीय एञ्जिता भण्डारी, ८ वर्षीय अदिना नेपाली, ३५ वर्षीय गिता खत्री र २३ वर्षीय अमृता रसायलीको बेनी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना भएको ठाउँको साँधुरो सडकको घुम्ति र ग्रेड मिलेको छैन।

IMG_1550

जिप सडकदेखि करिब ५०० मिटर तल खोल्सामा खसेको थियो। राती सवा आठ बजेतिर दुर्घटना भएको थियो। घाइतेको स्थानीयबासी र प्रहरीले उद्दार गरेर बेनी पठाएका थिए। सिमलचौर-मिठौला-पुर्णगाउँ मंगलाको केन्द्र बाबियाचौरदेखि वडा नम्बर १ लाई जोड्ने वैकल्पिक सडक हो ।

IMG_1547

कोरोना संक्रमण फैलिएपछि यही असार १४ गतेदेखि २३ गतेसम्मका लागि मंगलाको १ नम्बर वडा कुहुँलाई सिल गरिएको थियो। दुर्घटना भएको जिप वडा नम्बर २ को भूगोलमा पर्ने सडक प्रयोग गरेर वडा नम्बर १ को पुर्णगाउँतर्फ जाँदै थियो। दुर्घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक बिक्रमराज गुरुङले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved