काठमाडौंमा आजदेखि रातको समयमा सवारी चलाउन नपाइने

  • साउन २८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि बेलुकी ८ बजेपछि गाडी चलाउन नपाइने भएको छ।

कोरोना संक्रमण नियन्त्रणमा नआएको भन्दै तीन वटै जिल्ला प्रशासन कार्यालयहरूले अत्यावश्यक बाहेक निजी तथा सार्वजनिक सवारी संचालनमा रोक लगाउने भएका हुन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अत्यावश्यक सेवा, ढुवानीका सवारी साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी तथा सार्वजनिक सवारी साधनहरु बेलुकी ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नु पर्नेछ।

जिल्ला प्रशासन कार्यालयहरूले आजदेखि थप कडाइ गर्दै भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरेका छन्। निषेध आदेशअनुसार स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन्।

यस्तै, शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने आदेशलाई कायमै राखिएको छ भने कुनै पनि प्रकारका सभासम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबारलगायत मानिसको भीडभाड हुने कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved