जुम्लामा मान्छे आक्रमण गर्ने भालुलाई गोली हानेर मारियो

  • साउन २९, २०७८
  • कालापानी मिडिया
alt

जुम्ला । बजार पसेर मानिसलाई आक्रमण गर्ने भालुलाई गोली हानी मारिएको छ। बजार पसेको भालुलाई नियन्त्रणमा लिन नेपाल प्रहरी‚ नेपाली सेना, सशस्त्र प्रहरी बल‚ डिभिजन वन कार्यालयको टोलीले प्रयास गरेको थियो। नियन्त्रणमा लिन नसकिएपछि गोली हानेर मारिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिइन्।

जुम्लाको सदरमुकाम खलंगा बजारमा बिहीबार बिहान भालुले आक्रमण गर्दा चन्दननाथ नगरपालिका-५ कार्कीवाडाका हिमराज रोकाया र उनकी पत्नी निर्मला लाई घाइते भएका छन्। बिहान ४ बजे धारामा नुहाउन जाँदा उनीहरुलाई भालुले आक्रमण गरेको हो। यस्तै‚ साढे ९ बजे चन्दननाथ-४ का २५ वर्षीय आशीष सार्कीलाई पनि आक्रमण गरी घाइते बनाएको छ। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भैरहेको छ।

डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्रीका अनुसार भालुलाई जंगलतिर लखेट्न खोज्दा बजार पसेर आतंक मच्चाएको बताए। भालु हिंस्रक प्रकारको रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved