कैलालीको बडैपुर–उदासिपुर सडक पाँच वर्षदेखि अलपत्र

  • पुस २८, २०७६
  • कालापानी मिडिया
alt

कैलाली ।
निर्माण सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि कैलालीको बडैपुर–उदासीपुर सडक निर्माणको काम पूरा हुन सकेको छैन्। आर्थिक वर्ष २०७१र०७२ मा कालोपत्रेका लागि ठेक्का सम्झौता भएको सडकको काम अलपत्र रहेको हो। उक्त सडक खण्डको पाँच किलोमिटरको काम अझै पुरा भएको छैन्।
निर्माण कम्पनीको ढिलासुस्ती र सडक डिभिजन कार्यालयको बेवास्ताका कारण अझै काम पूर्ण नभएको हो। बीबीएसटी प्रविधिबाट निर्माण गर्न २०७२ असार ३० गते निर्माण सम्झौता भएको सडक चालु वर्षमा पनि निर्माण सम्पन्न हुनेमा आशंका व्यक्त गरिएको छ।

सडक छेउमा ब्लक र साईन बोर्ड राख्ने काम पनि पूरा भएको छैन्। २०७३ असोज २० गते निर्माण सम्पन्न गर्न २०७२ साल असार ३० गते निर्माण सम्झौता भएको सडकको काम अझै पूरा नभएको हो। पाँच किलोमिटर सडक कालोपत्रेका लागि थेगिम कन्ट्रक्सनसंग निर्माण सम्झौता भएको थियोे। निर्माण कम्पनीले ढिलोसुस्तीका कारण सडक अधुरै रहेको आरोप लागेको छ। स्थानीय दिपेन्द्र चौधरीले निर्माण कम्पनीको लापरबाही र सडक कार्यालयको बेवास्ताका कारण सडक निर्माणमा ढिलाई भएका बताए। ‘सडकमा गिट्टी फिजाईएको छ, कालोपत्रे गर्ने भनिएको थियो। अहिले सम्म भएको छैन्। गिट्टीका कारण दैनिक दुर्घटना हुदैछन्।’ उनले भने।

रातीको समयमा यात्रा गर्ने र पहिलोपटक आएकालाई बढि जोखिम भएको उनले बताए। पूर्व–पश्चिम राजमार्गको दक्षिणी क्षेत्र तथा साविकको उदासिपुर गाउँ विकास समितिका जनतालाई पूर्वपश्चिम राजमार्गसंगको पहुचमा जोड्न सडक डिभिजन कार्यालय कञ्चनपुरले निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो।

अहिले दुई पटक म्याद थपिएको छ। २०७४ चैत्र ३० मा समय थपिएको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मण जोशीले बताए। आर्थिक वर्ष २०७१र०७२ मा थेगिम कन्ट्रक्सनले तीन करोड ५० लाख ७३ हजारमा पाँच किलोमिटर सडक कालोपत्रेका लागि निर्माण सम्झौता भएको थियो। पूर्व मन्त्री तथा सांसद गौरीशंकर चौधरीले दुई आर्थिक वर्षको रकम फिर्ता गएको बताए। ‘निर्माण कम्पनीले काम गरेन्, दुई आर्थिक वर्षमा विनियोज भएको रकम फिर्ता गयो। अहिले फेरि काम रोकिएको छ। चिसोको मौसम सकिएपछि काम पूर्ण गर्ने बताएको छ।

केहि काम अझै बाँकी छ।’ उनले भने। अहिले सडकको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ। तर कालोपत्रेको दिगोपनका लागि ब्लक निर्माण, साईनबोर्ड निर्माण लगायतका कामहरु बाँकी छन्। चिसो मौसम सकिएपछि सडकको काम पुरा गर्दै हस्तान्तरण गर्ने तयारी रहेको सडक डिभिजनका सूचना अधिकारी जोशीले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved