निरुता सिंह भन्छिन्ः ‘म कामी हो, मलाई कामी हुनुमा गर्व छ’

  • मंसिर २७, २०७८
  • कालापानी मिडिया
alt

काठमाण्डाै । नेपालकी चर्चित अभिनेत्री निरुता सिंहको पछिल्लो अभिव्यक्तिले यतिबेला नेपालमा नयाँ बहस खडा गरिदिएको छ।उनले अझै पनि नेपालमा जातिय विभेद अन्त्य नभएको बताएकी हुन्।

उनले नेपालका शहरी क्षेत्रमा केही हदसम्म जातीय विभेद अन्त्य भएता पनि साना गाउँघरमा र ठूला शहरमै पनि विभेदको अन्त्य हुन नसकेको बताएकी छिन्।

उनले आफ्नो जातिप्रति गर्व गर्नुपर्ने पनि बताउँछिन्। उनले आफू विश्वकर्मा भएको र आफू कामी जातमै खुशी भएको उल्लेख गरिन्।

आफ्नो अनुभव सुनाउँदै निरुता भन्छिन्,‘हामी शहरमा बस्छौँ, ठूलठूला कुरा गर्छौँ तर आज पनि गाउँघरमा र शहरमा पनि जातिय विभेद छ। अब निरुता, सिंह भनेको के हो?तपाई ठकुरी हो? भनेर सोध्छन् मलाई। हैन विश्वकर्मा हो भन्छु म। म गर्वसँग भन्छु म विश्वकर्मा हो, म कामी हो।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved