काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ पर्व सादगीपूर्वक मनाउने हुनुभएको छ।
देशमा गएको हिमपहिरो, बाढी र अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम समेत स्थगित गरिएको छ। निर्मल निवासस्थित संवाद सचिवालयले असोज २५ गते एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।
सचिवालयद्वारा जारी सूचनामा भनिएको छ, "गत भदौमा हिम पहिरोबाट आएको भीषण बाढी र यही असोजमा परेको अविरल वर्षाको कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन र ठूलो जनधनको अपूरणीय क्षति भएको यस असहज परिस्थितिलाई मध्यनजर गर्दै, आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडा दसैँ पर्व सादगीपूर्वक मनाउने निधो गरिबक्सेको छ।"
साथै, मौसूफबाट यस वर्षको विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा बक्सने कार्यक्रम नरहेको व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved