बुढीगण्डकी बाढीपहिरोबाट भएको क्षतिप्रति जय नेपाल पार्टीद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन माग

  • असोज २५, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति जय नेपाल पार्टीले गहिरो दुःख व्यक्त गरेको छ।

पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीका कारण ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको र केही नागरिक सम्पर्कविहीन भएको खबरले आफूहरूलाई अत्यन्तै चिन्तित तुल्याएको जनाएको छ । प्राकृतिक विपत्तिबाट प्रभावित सम्पूर्ण परिवारप्रति सहानुभूति व्यक्त गर्दै पार्टीले विपद्को यस घडीमा पीडित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

पार्टीले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन, पीडित परिवारका लागि सुरक्षित अस्थायी आश्रयको व्यवस्था गर्न तथा स्वच्छ खानेपानी, खाद्यान्न, लत्ताकपडा र औषधोपचारको प्रबन्ध तत्काल गर्न सरकारसँग माग गरेको छ।

जय नेपाल पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्बाट प्रभावित नागरिकलाई राहत तथा उद्धार उपलब्ध गराउन आवश्यक कदम चाल्न जोड दिइएको छ।FB_IMG_1791721435768

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

नेपालीको महान् पर्व ...

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ आज (आश्विन शुक्ल प्रतिपदा) देखि विधिवत् रूपमा सुरु भएको छ। आश ...

प्राकृतिक विपत्तिको ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ पर्व सादगीपूर्वक मनाउने हुनुभएको छ। देशमा गएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved