काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको हो । पौडेललाई हृदयघात भएको आशंका गरिएको छ ।
नैकापस्थित निवासमै रहेका बेला असहज महसुस भएपछि उनलाई नजिकैको बर्न अस्पताल लगिएको थियो । तर अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको नेकपा संयुक्तका प्रवक्ता दामोदर अर्यालले जानकारी दिए । एमालेको राजनीतिमा लामो समय रहेका पौडेल माधवकुमार नेपाल छुट्टिएपछि एकीकृत समाजवादीमा आबद्ध थिए। त्यसपछि उनी नेकपा संयुक्तमा सक्रिय थिए । उनी जनता टेलिभिजनका सञ्चालक पनि थिए।
विजय पुराना कम्युनिष्ट नेता मोदनाथ प्रश्रितका एकमात्र छोरा हुन् । उनका श्रीमति र दुई छोराछोरी छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved