​'संगठन सुदृढीकरण र जनताको हकहितका लागि दृढताका साथ अघि बढ्नुस्': धवल शम्शेर राणा

  • असोज २४, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ । जय नेपाल पार्टीका सभापति डा. धवल शम्शेर राणाले संगठन सुदृढीकरण र जनताको हकहितका लागि दृढताका साथ अघि बढ्न पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। ​

चाबहिल, गँगहितिस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित काठमाडौँ जिल्ला कार्यसमितिको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. राणाले सो कुरा बताएका हुन्। ​काठमाडौँ जिल्ला अध्यक्ष सुरज पाण्डे ('कालो बाहुन')को सभापतित्वमा सम्पन्न उक्त विशेष समारोहमा राष्ट्रियता, स्वाभिमान र जनसेवाको सङ्कल्प व्यक्त गरिएको थियो।

समारोहमा पार्टी सभापति डा. राणाले नवनिर्वाचित तथा मनोनीत जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए। ​समारोहमा बोल्दै सभापति राणाले राजधानी काठमाडौँमा पार्टीको उपस्थिति र प्रभाव बढाउन नयाँ टोलीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

शपथग्रहणपछि नवनिर्वाचित काठमाडौँ जिल्ला टोलीले पार्टीको नीति र विचारलाई जनस्तरसम्म पुर्‍याउँदै संगठनलाई थप सुदृढ र गतिशील बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कांग्रेस महाधिवेशन : ...

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आजदेखि उपसभापति र महामन्त्रीको मतगणना हुँदै छ ...

​रूपन्देहीमा क्याप्ट ...

रूपन्देही । रूपन्देहीको राजनीतिक वृत्तमा नयाँ विकल्प र रूपान्तरणको नारासहित क्याप्टेन प्रेम कुँवरको ...

नेपाली कांग्रेसको १५ ...

​काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा गगनक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved