इटहरीमा यौन धन्दा चलाउने हाेटल सञ्चालक र ग्राहक रंगेहात पक्राउ

  • पुस २, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । इटहरीमा यौन धन्दा चलाउने र ग्राहक गरी २ जनालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा  इटहरी उपमहानगरपालिका ९ मा रहेको रिभरसाइड होटल एण्ड लजका म्यानेजर  इटहरी ४ का ३६ वर्षीय गौतम लेप्चा र ग्राहक सङ्खुवासभाको नुम गाउँपालिका ५ का २० वर्षीय मिनराज पराजुली रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
 
कार्यालयका अनुसार  मंगलबार होटलमा यौनजन्य गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । प्रहरीले छापा मार्ने क्रममा होटल भित्र यौनजन्य गतिविधि भइरहेको भेटेपछि उनीलाई नियन्त्रणमा लिएकाे हाे ।  इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार उनिसँगै रहेका महिलालाई उद्धार गरी छाडिएको छ भने पक्राउ परेका पराजुली र लोप्चालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । 
 
डिएसपी केसीले भने  "हामीलाई आएको सूचनाको आधारमा छापा मार्दा उनीहरूलाई रंगेहात फेला पार्‍यौ । होटल भन्दा पनि खाजा घर जस्तो रहेछ ।  लोप्चाले युवती र ग्राहक खोजेर ल्याउने रहेछन् ।  "

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved