विमानस्थलका `कर्मचारीलाई हातपात´ गर्ने पर्यटन बोर्डका सिईओ परे कार्वाहिमा

  • पुस ३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैँ ।  नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलाई कामकाजमा रोक लगाउने निर्णय गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकले रेग्मीलाई निलम्बन गरी उनीमाथि लागेको आरोपको छानबिनका लागि समिति गठन गरेको छ ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । तीन सदस्यीय समितिमा दुई जना मन्त्रालयबाट नियुक्त गरिने छ।

सीईओ रेग्मीलाई कामकाजबाट रोक लगाइएपछि बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापा लाहेलाई कामु सीईओको जिम्मेवारी दिएको छ ।

गत २३ कात्तिकमा बेलायतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई रक्सी खाएर हातपात गरेको आरोप सीईओ रेग्मीमाथि लागेको थियो ।

रेग्मीले यसअघि विदेशबाट फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीसँग लफडा गरेको, बोर्ड हित विपरीत काम गरेको भन्ने आरोप लगाउँदै समितिले छानविन गर्न लागेको हो।

समिति बनाएपछि प्रमुख कार्यकारी अधिकृतबाट बोर्डको हित विपरीत हुने देखिएमा समितिले रेग्मीलाई निलम्बन गर्नसक्ने छ। समितिले छानविन प्रतिवेदन बुझाएपछि समितिले स्पष्टीकरण सोध्ने छ। प्रमुख कार्यकारीले दिएको स्पष्टीकरणमा चित्त नबुझेमा समितिले बर्खास्त गर्न सक्ने छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved