काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सफा रहने छ। उल्लेख्य मौसमी प्रणाली नभएको कारण सोमबार दिनभर मौसम सफा रहने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्।
सोमबार बिहान अधिकांश पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको छ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान बिहान ३ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर १८ डिग्रीसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved