सुनसरीमा किसान आन्दाेलित : मल नदिएकाे भन्दै सहकारीमा ताला

  • पुस ८, २०७८
  • कालापानी मिडिया
alt

सुनसरी । देवानगन्ज गाउँपालिका– ६ कृषक आन्दोलित भएका छन् । राजगन्ज कृषि सहकारी संस्था लिमिटेडका कर्मचारीहरूले मलखाद नदिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । 

आफूहरूलाई सहकारीले मलखाद नदिएको भन्दै कृषकले राजगन्ज कृषि सहकारी संस्थामा तालाबन्दी गरेका छन् । त्यहाँका कर्मचारीले स्थानीय किसानहरूलाई मलखाद नदिएर अन्य स्थानका किसानलाई नेपाल सरकारले तोकेको मूल्यभन्दा बढी लिएर बचेको उनीहरूको आरोप छ । 

स्थानीय विजय मेहताका अनुसार उक्त सहकारी संस्थाले त्यहाँ सदस्य भएका कृषकलाई पनि मलखाद नदिएर बाहिरका किसानलाई बढी मूल्य लिएर बेचिरहेको छ । सहकारीले मल नदिएर दुःख दिएका कारण आन्दोलित हुनुपरेको उनले बताए । 

सोमबार साँझ सहकारीमा मल लिन जाँदा सहकारीले छैन भनेर रित्तै हात फर्किएको अर्का कृषक मनिलाल खत्वेले बताए । सहकारीमा मल हुँदाहुँदै पनि छैन भनेर फर्काएको उनको भनाइ छ । सहकारीले बाहिर महँगो मूल्यमा मल बेचेर स्थानीय कृषकलाई समस्यामा पारेको उनको गुनासो छ । सहकारीको सदस्य हुँदा पनि मल नपाएका कारण तालाबन्दी गर्न बाध्य भएको उनले सुनाए । उनले भने, ‘म मल लिन जाँदा छैन भनेर सहकारीले फर्कायो, तर अर्काे व्यक्तिलाई भने दिएर पठायो ।’

यता सहकारी संस्थाका अध्यक्ष जयनाथ मेहताले कर्मचारीले यस्तो गरेका रहेछन् भने कारबाही गरिने जानकारी दिए । उनले भने, ‘हामी बैठक बसेर के भएको रहेछ बुझ्छौँ, त्यस्तो पाइएमा कारबाही गर्छौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved