छिमेकीको विवाहमा गएका ब्यक्तिको रहस्यम मृत्यु, वडाध्यक्ष सहित ४ जना पक्राउ

  • पुस ८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौ । सल्यानमा छिमेकीको विवाह भोज खान गएका व्यक्तिको रहस्यमय मृत्यु भएको घटनामा वडाध्यक्ष सहित ४ जना पक्राउ परेका छन् । छिमेकीको विवाहमा गएका ७० वर्षीय टेकबहादुर खत्रीको रहस्यम निधन भएको थियो । उनी गत मंसिर २० गते दार्मा गाउँपालिका(२ पाजाखोलामा मृ त फेला परेका थिए । प्रहरीले वडा अध्यक्ष डिल्लीबहादुर केसी, स्थानीय ३६ वर्षीय रामबहादुर खत्री, ४७ वर्षीय कुलबहादुर खत्री र २८ वर्षीय लक्ष्मण केसीलाई पक्राउ गरेको हो ।

खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलमा चढेर भोज खान गएका थिए । उनको सोही मोटरसाइकलवाट खसेर निधन भएको बताइएको छ । मृत्यु पछि खत्रिको शव वडाध्यक्ष केसीले गोठमा लगेर राखेको अनुसन्धानवाट खुलेको छ । शव गोठमा लगेर राख्न स्थानीयले सहयोग गरेको खुल्न आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामप्रकाश यादवले बताए ।

आरोपी सबैलाई ईलाका प्रहरी कार्यालय थारमारेको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए । मृ त कका आफन्तले घटना रहस्यमी भन्दै उनीहरु विरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले रामबहादुर, कुलबहादुर र लक्ष्मण खत्रीलाई मंसिर २७ गते पक्राउ गरेको र वडाध्यक्ष खत्रीलाई पुस ५ गते पक्राउ गरेको हो ।

खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलबाट लडेर मृत्यु भएको आफन्तले बताउँदै आएका छन् । प्रहरीले वडा अध्यक्ष केसीले चलाउँदै आएको दार्मा गाउपालिकाको लू ७१ प ३९२७ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved