आज अंग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिन

  • पुस १७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं ।  अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२२ सुरु भएको छ। ईस्वी संवत्को नयाँ वर्ष सुरु भएको खुसियालीमा आज विश्वर नै विभिन्न कार्यक्रम हुँदैछन्। पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बढ्न थालेको छ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौरहा, लुम्बिनीलगायतका ठाउँमा शुक्रबार साँझ  ‘न्यू इयर इभ’ का कार्यक्रम भएका छन्। अंग्रजी नयाँ वर्षको पहिलो दिन नेपालमा पनि घुमघाम गर्ने, पिकनिक खान जाने क्रम बढ्दै गएको छ। 

जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्को) सुरुवात भएको मानिन्छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ। 

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो। अहिले विश्वव्यापी रुप्मा ईस्वी सम्वत् प्रयोगमा छ। नेपालमा यो सम्बत प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved