बेमौसमी वर्षाको प्रभाव : गत वर्षभन्दा धान उत्पादन ५ लाख टन घट्यो

  • पुस १७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । गएको कात्तिकमा आएको बेमौसमी वर्षाको कारण यस वर्ष नेपालमा धान उत्पादन घटेको छ। गत वर्षभन्दा यस वर्ष धान उत्पादन झण्डै ५ लाख मेट्रिक टनले घटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। 

कात्तिक १ र २ गते परेको बेमौसमी वर्षाको कारण देशैभरी पाकेको धानमा ठूलो क्षति पुगेको थियो। जसको कारण यस वर्ष धान उत्पादन गत वर्षभन्दा ४ लाख ९१ हजार ८५ मेट्रिक टन घटेको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले जानकारी दिए।

बेमौसमी वर्षाले सबैभन्दा धेरै क्षतिसुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पुगेको छ। सुदूरपश्चिममा धान उत्पादन ३१.४९ प्रतिशतले घटेको छ। 

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७ ७८ मा ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष उत्पादन घटेर ५१ लाख ३० हजार ६ सय २५ मेट्रिक टनमा झरेको छ।

त्यसैगरी लुम्बिनीमा १८.३८ प्रतिशत, कर्णालीमा ८.७६ प्रतिशत, प्रदेश २ मा ३.२४ प्रतिशत, प्रदेश १ मा शून्य दशमलव ९३ प्रतिशत र वाग्मती प्रदेशमा शून्य दशमलब ३५ प्रतिशतले धान उत्पादन घटेको मन्त्रालयले जनाएको छ।धान उत्पादन घट्दा यस वर्ष विदेशबाट चामलको आयात बढ्ने अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved