मेस्सीसहित पीएसजीका चार खेलाडीलाई कोरोना संक्रमण

  • पुस १९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । फुटबल खेलाडी लिओनल मेस्सीसहित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का चार खेलाडीलाई कोरोना संक्रमण भएको छ । आइतबार मेस्सीलाई कोभिड-१९ को संक्रमण भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पुष्टि गरेको हो । एशोसिएट प्रेसका अनुसार सोमबार राति फ्रेन्च कप खेल्नुअघि टोलीका सदस्यलाई कोरोना पुष्टि भएको हो ।

शनिबार पीएसजीले एक स्टाफ मेम्बरलाई पनि कोरोना संक्रमण भएको विज्ञप्तिमा जनाएको छ । तर त्यसमा क्लबले खेलाडीहरुको नाम भनेको थिएन । अर्को विज्ञप्ति आइतबार जारी गर्दै मेस्सी, लेफ्ट ब्याक हुआँ बर्नाट, ब्याकअप गोली सर्जियो रिको र १९ वर्षीय मिडफिल्डर नाथन बिटुमाजालालाई कोरोना भएको जनाएको हो । कोभिड संक्रमण भएपछि मेस्सी सेल्फ आईसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved