दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो पहिरो जाँदा आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। पहिरोका कारण केही समय चमेलिया नदी पूर्ण रूपमा थुनिएको थियो।
स्थानीय प्रशासन र प्रत्यक्षदर्शीका अनुसार पहिरोले नदी थपेर थुनिए पनि अहिले भने बिस्तारै केही मात्रामा पानी निकास हुन थालेको छ। तर पहिरो खस्ने क्रम र नदीको बहाव अझै जोखिमपूर्ण रहेकाले तटीय क्षेत्र तथा अपि बेसक्याम्प जाने पदमार्ग पूर्ण रूपमा बन्द भएको छ। पहिरोका कारण त्यस क्षेत्रमा यात्रा गरिरहेका वा यात्राको योजना बनाइरहेका पर्यटक तथा स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन र उक्त बाटो भई यात्रा नगर्न अनुरोध गरिएको छ।
नदीमा पानीको बहाव अकस्मात् बढ्न सक्ने सम्भावना रहेकाले चमेलिया नदी किनारका बस्तीहरूलाई समेत सजग रहन आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved