कञ्चनपुरमा पाँच महिनामा २० बलात्कारका घट्ना

  • माघ ८, २०७६
  • कालापानी मिडिया
alt

कञ्चनपुर । पछिल्लो समय कञ्चनपुरमा बलात्कारका घटनामा बृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ । सामाजिक सञ्चालको दुरुपयोगका कारण बलत्कारका घटनामा बृद्धि भएको हो ।

३ वर्षको अवधिमा ६८ बलात्कारका घटना घटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेन्द्र बहादुर चन्द बताउँछन् । ‘तथ्याङ्कले बलात्कारका घटना बढ्दै गएको देखाउँछ ।’ उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोगका कारण धेरै जसो घटनाहरु घटेको अनुसन्धानबाट देखिएको छ, यो समस्यातर्फ सबैले सचेत हुनु पर्छ ।’ जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/०७४ मा १६, २०७४/०७५ मा १८ र २०७५/०७६ मा ३४ बलात्कारका घटना दर्ता भएको पाइन्छ ।

विगत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बलत्कारका घटनामा बृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ को ५ महिनाको अवधि अर्थात मंसिर मसान्तसम्ममा २० बलात्कारका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । १६ देखि २५ वर्ष उमेरका महिला सबैभन्दा बढि बलात्कारको सिकार भएको प्रहरी तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षमा सो उमेर समुहका १० घटना सतहमा आए । आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबरजस्ती करणीका घटना हुने गरेको प्रहरीले जनाएको छ ।

आइतवार कञ्चनपुरको दोधारा–चाँदनीस्थित जबरजस्ती बलात्कार गरेको भन्दै १८ वर्षीय युवतीले ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा उजुरी दिइन । उजुरी पश्चात् उनकै २ जना साथीहरु पक्राउ परे । अहिले उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पुष महिनामा भीमदत्त नगरपालिका–१८ सालघारीमा ३ वर्षीय झट्केली छोरीलाई बुवाले बलात्कार पछि हत्या गरेको भनिएको उजुरी प्रहरीमा आयो । सो घटनाको पनि अनुसन्धान जारी रहेको छ । २०७५ साल साउन १० मा भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको थियो ।

सो घटनाका अपराधीको हालसम्म पनि पहिचान हुन सकेको छैन् । जबरजस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरे पनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको प्रहरीले जनाएको छ । ‘हिजो विश्वास गरेका व्यक्ति, नाता र छरछिमेक आज अविश्वासमा परिणत भएको छ, केही घटना अझै पनि हामीसम्म पुगेका छैनन्, गाउँघरमै गुपचुप छन् ।’,

डिएसपी चन्दे भने, ‘सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट यस्ता घटना बढेकोे देखिन्छ ।’ बालिका तथा बृद्ध महिला समेत बलात्कारको सिकार बन्न पुगेका छन् । बलात्कारका घटना दिन प्रतिदिन बढ्नुमा सामाजिक चेतना, सामाजिक मान्यता, जनसाङ्ख्यिक विवरण, आर्थिक अवस्था, सुरक्षा व्यवस्था, आपराधिक मनस्थिति, पुरुष प्रधान समाज, सामाजिक सञ्जालको दुरुपयोग, मोबाइल तथा कम्प्युटर तथा इन्टरनेटको दुरुपयोग प्रमुख कारणहरू रहेको अधिकारकर्मीको ठहर छ ।

तुलनात्मक रुपमा पछिल्ला केही बर्षमा बलात्कारका घटना ह्वात्तै बढेपछि महिला तथा बालबालिकाका क्षेत्रमा चुनौती थपिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार बलात्कारका घटना बढ्दै गएका छन् ।दिनप्रतिदिन बलात्काजन्य घटना बढ्दै गएपछि नौँ स्थानीय तह रहेको जिल्लामा सुरक्षा चुनौती थपिएको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ को पाँच महिनाको अवधिमा अर्थात मंसिर मसान्तसम्म २० बलात्कारका घटना भएका छन् । कञ्चनपुरमा बलात्कारका घटना बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved