आज भक्का दिवस , भक्का बनाइ चखाएर मनाइदै

  • पुस २९, २०७८
  • कालापानी मिडिया
alt

झापा ।  आज पौष २९ गते, कोच राजवङ्शी समुदायले धुमधामसङ्ग भक्का दिवस मनाउँदैछन् । कोच राजवङ्शी समुदायले पुस २९ गतेलाई भक्का दिवसका रूपमा मनाउँदै आएका छन्।

भक्का चिसो (हिउँदे) मौसममा खाने प्रमुख परिकार हो। पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भक्का खाने प्रचलन बढेको छ। राजवङ्शी जातिमा मात्र सीमित रहेको भक्का खाने चलन पछिल्लो समय सबै जातजातिबीच लोकप्रिय बनेपछि यसलाई प्रवर्धनात्मक कार्यक्रमसहित भक्का दिवस मनाउन थालिएको छ ।

 झापामा भक्कालाई जाडोको मौसममा चोक–चोकमा खान पाइने एक सामान्य खाजाको रूपमा लिने गरे पनि भक्का स्वास्थ्यका लागि हितकर खाजा भएको राजवङ्शी समुदायको भनाइ छ । भक्का चामलको पिठोबाट बनाइन्छ। शुद्ध चामलको पिठोलाई पानीको बाफमा पकाएर भक्का बनाउने गरिन्छ।

पिठोको चामलमा कुनै वस्तु मिसावट नहुने तथा पानीको बाफमा मात्र पकाउने गरेकाले भक्का पूर्ण रुपमा स्वस्थकर मानिन्छ। भक्का दिवसको अवसरमा विभिन्न स्वादमा भक्का खानुका साथै कोच लोक सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुत गर्ने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved