काठमाडाैंमा आजदेखि यी नियम लागु : पालना नगरे कारबाही हुने

  • माघ ५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भित्रिएयता संक्रमण दर भयावह बन्न थालेपछि काठमाडौं उपत्यकामा मंगलबार राति १२ बजेदेखि थप कडाइ गरिएको छ। 

उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले मंगलबार नै २७ बुँदे नयाँ आदेश जारी गरी विभिन्न प्रतिबन्ध लगाएका हुन्। तीन जिल्लाले अलग अलग आदेश जारी गरे पनि बेहोरा एकै छन्। 

जारी आदेशअनुसार माघ मसान्तसम्म आमसभा, भेला, जुलुस गर्न पाइने छैन। गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्नुपर्नेछ। 

भौतिक रूपमा उपस्थित गराउनु परेमा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना मात्र र माघ ७ गतेपछि खोपको पूरा मात्रा लगाएका व्यक्तिलाई मात्रै सहभागी गराउन पाइनेछ। 

सिनेमा हल, डान्सबार, जिमखाना, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब स्वीमिङ पुल, फुटसल, पटके हाटबजार माघ १५ गतेसम्म सञ्चालन गर्न पाइने छैन। सार्वजनिक सवारीसाधनमा मास्क नलगाउने यात्रुलाई सहचालकले कम्तीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्नेछ।

cdo-office-kathamandu-covid-protocal_wUF7M48HJI cdo-office-kathamandu-covid-protocal-3_6GQz6Dtl2b cdo-office-kathamandu-covid-protocal-1_sB1aOQRcMY cdo-office-kathamandu-covid-protocal-2_QgmqRcpgYG

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved