काठमाडाै । कोरोना सङ्क्रमण बढ्पछि काठमाडौँ उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ ।
काठमाडौँ,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले भोलि राति १२ बजेदेखि लागू हुने गरी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
स्माट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।अब जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved