काठमाडाैं । हिजो रातिदेखि ठप्प भएको नारायण–मुग्लिन सडक खण्ड खुलेको छ । सुक्खा पहिरो खसेर बन्द रहेको सडक खण्ड डोजरले पञ्छाएसँगै दुवै तर्फबाट सवारी साधन सञ्चालनमा आएको छ ।
बिहानदेखि रोकिएका गाडीको लामो लाइन भएका कारण यस सडक खण्डमा केहीबेर चाप रहनेछ । सहज रुपमा गाडी गुड्न करिब एक घण्टा लाग्ने कार्यालयका प्रमुख एसपी ओम अधिकारीका जानकारी दिनुभयो ।
चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजे खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved