काठमाडाैं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गर्ने भएको छ।राष्ट्रिय योजना आयोगमातहको विभागले आज भर्चुअल पत्रकार सम्मेलन गरी नजिता सार्वजनिक गर्न लागेको हो। विभागले गत मंसिरमा जनगणना गरेको थियो।
आयोगले जनगणनाको प्रारम्भिक नतिजा तयार भइसकेको जनाएको छ।जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो।
परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको संख्या आज सार्वजनिक गरिने विभागले जनाएको छ।
नेपालमा प्रत्येक १०-१० वर्षमा जनगणना हुँदै आएको छ। यसअघि २०६८ सालमा गरिएको ११ औँ जनगणनामा नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो।
अहिले नेपालको जनसंख्या ३ करोडको हाराहारीमा पुगेको अनुमान सरकारी निकायले गर्दै आएका छन्।१२ औँ जनगणनाको विस्तृत विवरण तयार हुन अझै करिब ६ महिना लाग्ने विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved