जताततै भ्रष्ट्राचार : भूगर्भ विभागका महानिर्देशक घिमिरेले करिब डेढ अर्ब राजस्व पचाए

  • माघ १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनामाथि एक अर्ब २४ करोड रुपियाँभन्दा बढीको बिगोसहित आरोप पत्र दायर गरेको छ । आयोगले उक्त परिमाणको राजस्व हानि गरेको ठहरसहित कारबाहीको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरी कारबाही माग गरेको हो ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले खानी दोहन गरी उत्खननको मुद्दामा आफैँले तयार गरेको प्रतिवेदन कार्यान्वयन नगरी राजस्व हानि हुने गरी अर्को समितिले तयार गरेको प्रतिवेदनबमोजिम कारबाही गरेको पाइएकाले अनुसन्धानबाट दोषी ठहर गरिएको बताउनुभयो ।

आयोगले कारबाहीको माग गरेकोमा महानिर्देशक घिमिरेसहित विभागका इन्जिनियर जयराज घिमिरे र उपसचिव सपना अधिकारीमाथि एक अर्ब २४ करोड ४५ लाख २६ हजार रुपियाँ बिगो कायम गरेको छ ।

आयोगमा उक्त अनियमितताबारे गत साउनमा उजुरी परेको थियो । प्रवक्ता भण्डारीले उक्त मुद्दामा आयोगले तदारुकतासाथ अनुसन्धान गरी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरेको बताउनुभयो ।

तत्कालीन उपमहानिर्देशक घिमिरेको नेतृत्वमा गठित तीन सदस्यीय समितिले नौवटा सिमेन्ट उद्योगले खानी दोहन गरी उत्खनन अनुमति पत्रमा तोकिएको निर्धारित परिमाणभन्दा बढी चुनढुङ्गा निकालेको निष्कर्षसहित एक अर्ब २६ करोड १९ लाख रुपियाँ राजस्व उठाउनुपर्ने कारबाही सिफारिस गरेको थियो । उक्त समितिले २०७६ साल असारमा प्रतिवेदन पेस गरेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved