शेर्पा दाजु भाईले फहराए दक्षिणी ध्रुवको चुचुरो माउन्ट भिन्सेनमा नेपालको झण्डा

  • माघ १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालका तिन शेर्पा दाजु भाईले अन्टार्टिकास्थित दक्षिणी ध्रुब (साउथ पोल)को एक सय ११ किलोमिटर लामो स्किइङ पार गर्दै विश्व किर्तिमानी कायम गरेका छन् ।

अन्टार्टिकास्थित ४ हजार ८ सय ९२ मिटर अग्लो माउन्ट भिन्सेन हिमाल अरोहण गरेर विश्व किर्तिमानी कायम गरेका हुन् । सेभेन समिट ट्रेकिङका मालिक मिङ्मा शेर्पा, टासी शेर्पा र छाङ दावा शेर्पाले दक्षिणी ध्रुवको सफलतापूर्वक अरोहण गरेका हुन् ।

गत १३ जनवरी २०२२ मा उनीहरुले सफलतापूर्वक उक्त हिमाल अरोहण गरेका हुन् । मिङमा हेलि एभरेष्टका उपाध्यक्ष समेत हुन् । टानका पूर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका टासी सगरमाथा आरोही समेत हुन् । उनी हेलिएभरेष्टका सेल्स डाइरेक्टर समेत हुन् ।

उनीहरुले माउन्ट भिन्सेनको चुचुरोमा नेपालको राष्ट्रिय र सेभेन समिट ट्रेकको झण्डा फहराएका थिए ।शेर्पा दाजु भाईको किर्तिमानीलाई विश्व प्रसिद्ध संचार माध्यम बिबिसी, साउथ चाइना मर्निङपोस्ट लगायतले प्रकाशन तथा प्रशारण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved