काठमाडाैं । नेपाल अफ्रिकी राष्ट्र मरिसरबीच पहिलो मैत्रीपूर्ण फुटबल आज हुँदैछ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मरिससको सामना गर्न लागेको हो । अपरान्ह ४ : ४५ बजे सुरु हुने हुने खेलमा दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिँदैछन् । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।
नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मङ्गलबार खेल्नेछ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले किरण चेम्जोङको कप्तानीमा दुई खेलका लागि दुई फरक टिम घोषणा गरिसकेका छन् ।
खेलाडीलाई अन्तराष्ट्रिय खेलको अनुभव दिने उदेश्यले दुई टोली बनाएको प्रशिक्षक अल्मुताईरीले जानकारी दिए। अल्मुताईरीले खेलाडीबाट राम्रो नतिजा भन्दा उत्कृष्ट प्रदर्शनको आशा गरेको बताए ।
फिफा वरीयतामा मरिसस एक सय ७२ औं स्थानमा छ भने नेपाल एक सय ६९ औं स्थानमा छ । नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश दिइने छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र अनुमति दिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved