कैलालीमा एकैदिन ९ वर्षीया बालिका सहित ४ जनाले गरे आत्महत्या

  • माघ २३, २०७६
  • कालापानी मिडिया
alt

 

कैलाली । कैलालीमा ९ वर्षीया बालिका सहित एकै दिन चार जनाले आत्महत्या गरेका छन्। बुधबार मात्र जिल्लाको धनगढी, टीकापुर, लम्की र बर्दोगोरियामा चार जनाले आत्माहत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बर्दोगोरियामा पदमबहादुर ठाडामगरकी ९ वर्षीया छोरी यमुना नाम परिवर्तनले झुण्डिएर आत्महत्या गरेको बताए।

कक्षा तीन अध्ययन गर्दै आएकी यमुनाले गोठमा झुण्डिएर आत्माहत्या गरेकी हुन्। यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा पनि एक युवती झुण्डिएको अवस्थामा भेटिएकी छन्। बुधबार साझ झुण्डिएको अवस्थामा मृत भेटिएकी अन्दाजी २३ वर्षीया युवतीको शव सेती प्रादेशिक अस्पतालमा राखिएपनि सनाखत हुन नसकेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।

बुधबार नै टीकापुर नगरपालिका वडा नम्बर ७ का ५० वर्षीय गंगाराम चौधरी र लम्कीचुहा नगरपालिकाकी ३२ वर्षीया आशा शाहीले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ। कैलाली सहित सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय आत्महत्या गर्ने क्रम बढ्दै गएको छ।

प्रहरीको तथ्याङ्क अनुसार सुदूरपश्चिममा हरेक तीन दिनमा चार जनाले आत्महत्या गर्ने गरेका छन्। सबैभन्दा बढि कैलाली र कञ्चनपुरमा आत्महत्या गर्ने क्रम बढ्दो क्रममा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved