साथिको बाईक छोड्न गएका मनोज मृत भेटिए

  • माघ २६, २०७६
  • कालापानी मिडिया
alt

भिम पौडेल
बाँके । आईतवार बिहानै नेपालगञ्ज उपमहानगरपालिका ६ मा एक युवा मृत फेला परेका छन् । नेपालगनञ्ज उपमहानगरपालिका २२, पुरैनीका बिहारीलाल पासीका छोरा २२ बर्षिय मनोज पासीआईतबार बिहान नेपालगन्ज उपमहानगरपालिका ६ हुलाकी सडकको छेउमा रहेको पानीको नालामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो।

मृतकको आजै तिलक अर्थात केटी संग बिहेको छिनोफानो गरी फागुन ७ गते बिबाह समेत हुने भएको थियो । उनि राती १० बजे पछी साथिको बाईक पु¥याउन जान्छु भनि घरबाट निस्कियको उनको परिवारको भनाइ छ ।

85041353_2797673013659428_5511098057640378368_n

यता, मृतक पासी सडकको छेउमा रहेको नालामा डुबेको अवस्थामा फेला परेको र मृतकको नजिकै हेलमेट बिनाको दुर्घटनाग्रस्त भे २ प ३३७८ नम्बरको मोटरसाइकल समेत रहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा लगिएको छ । घटना के कसरी भएको हो भन्ने बिषयमा प्रहरी ले छानबीन अगाडि बढाएको र पोस्टमार्टमको रिपोर्ट पछि मात्र बताउन सकिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved