यथास्थितिमा नो एमसिसी -नेता झलनाथ खनाल

नेपालको स्वाभिमान तल पारेर दिइने एक पैसा पनि नचाहिने भनाई

  • फाल्गुन १५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले एसमीसीसम्बन्धी सबै सम्झौता सदनमा पेस गरेर अध्यनपछि मात्रै निर्णयमा पुग्नुपर्ने माग गरेका छन् । उनले शर्त राखेर र नेपालको स्वाभिमान तल पारेर दिइने एक पैसा पनि चाहिँदैन ।

‘सम्झौतापछि पनि कार्यान्वनका नाममा १२, १३ वटा सम्झौता भइसकेका छन्,’ खनालले भने, ‘ती दस्तावेज यो संसदमा पेस नभएसम्म कसरी यस विषयमा छलफल हुनुसक्दछ रु हामीले ती सबै सम्झौता अध्यन र छलफल गर्न पाउनुपर्छ । अनि मात्रै यो सभाले निर्णय गर्नुपर्छ ।’

खनालले सबै सम्झौता र पत्राचार संसदमा अबिलम्ब बाँड्न माग गरे । उनले भने, ‘एसमीसी सम्बन्धी सबै सम्झौता यो सदनमा अवलम्बन वितरण गरियोस् । सबै पत्राचार पनि सदनमा आउनुपर्छ ।’

खनालले सम्झौतामा अमेरिकी सुरक्षा नीति उल्लंघन गर्ने कुरा रहेको भन्दै ती कुनै पनि मान्य नेपाल बाध्य नरहेको बताए । उनले सम्झौतामा खुल्ला बजार अर्थतन्त्र स्वीकार गर्नुपर्ने भएको भन्दै नेपालले समाजवाद उन्मुख अर्थतन्त्रमा जानेकुराबाट यताउति नहुने समेत बताए ।

खनालले अमेरिका चीनलाई रोक्ने गरी विभिन्न कानूनहरू बनाइरहेको भन्दै त्यो नेपालले मान्न नसक्ने बताए । यस्ता कुराले छिमेकीसँगको सम्बन्ध बिग्रिने समेत दाबी गरे । छिमेकीसँग सम्बन्ध बिगार्दा युक्रेन अहिले समस्यामा फसेको भन्दै त्यसतर्फ पनि नेपालले ध्यान दिनुपर्नेमा जोड दिए।

खनालले एमसीसीको विरोधमा उत्रिएकामाथि दमन भइरहेको भन्दै खनालले त्यसमा आपत्ति जनाए। ‘देशको निम्ति आवाज उठाउनेहरुमाथि दमन भइरहेको छ, त्यसको निन्दा गर्न चाहान्छु,’ खनालले भने, ‘आम जनता देशविरुद्ध केही हुन्छ कि भन्नेमा चिन्तित छन् । सडक र सदनबाट पनि देशका बारेमा आवाज उठान सकिन्छ । देशका निम्ति आवाज उठाउने कुनै सीमाना हुँदैन । जनताले उठाएको आवाज यो सदनले सुन्नुपर्छ, अन्यथा यथास्थितिमा नो एमसिसी ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved