अदालतबाट सोझै कारगारतिरै महरा - डिल्लीबजारमा उनको रिहाईका लागि फूलमाला सहित समर्थक

  • फागुन ५, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । अदालतमा रहेका आफ्ना समर्थक र आफन्ततिर फर्किएर मन्द मुस्कानमात्र प्रकट गरे कृष्णबहादुर महराले। धेरैको चासो रहेको मुद्दामा आज जिल्ला अदालत काठमाडौंले फैसला सुनाउँदै थियो। विषय गम्भीर र राजनीतिक क्षेत्रसँग जोडिएकाले धेरैमा चासो हुनु पनि स्वभाविक थियो । 

थुनामा पठाएको १ सय ३ दिनपछि जबरजस्ती करणी उद्योगको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सोमबार सफाइ पाए। आज महरा डिल्लीबजार कारागारबाट जिल्ला अदालत पुगेका थिए।

अदालतमा पुग्दा उनको चेहरा खुलेको थियो। सायद, अदालतप्रति उनी निक्कै आशावादी नै थिए। भयो पनि त्यस्तै, हँसिलो मुहार लिएर पुगेका महराले खिन्न भएर फर्किन परेन। अदालतमा पुगेका आफन्त, परिवार, साथीभाइलाई उनले मन्द मुस्कानले मात्र धन्यवाद दिए। हात उठाए अनि गाडीभित्र छिरे।

उनी अदालतबाट बाहिरिँदा ताली बजाउनेहरु धेरै थिए। जिल्ला अदालतबाट उनी उनी सिधै डिल्लीबजार स्थित सदरखोर लागे। १ सय ३ दिनको कारागार बसाई आज टुङ्गोमा पुगेको छ। कानुनी प्रकृया पूरा गरेपछि महरा आज नै कारागारमुक्त हुनेछन्।

डिल्लीबजार कारागार बाहिर पनि शुभचिन्तक उपस्थित छन्। हातमा माला लिएर उनलाई स्वागत गर्नेहरुको भिड नै छ। जिल्ला अदालत काठमाडौंले महराको मुद्दामा फैसला सुनाउँदै सफाइ दिने निर्णय सुनाएको हो। न्यायाधीश अमरराज पौडेलेको इजलासले सोमबार कसुर प्रमाणित हुने अवस्था नदेखिएपछि सफाइ दिने फैसला सुनाएको हो।

गत असोज १२ गते संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा महरामाथि लागेको थियो। पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि गत असोज १९ गते अदालतको अनुमतिमा प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो। जिल्ला अदालतले कात्तिक १८ गते थुनामा पठाउन आदेश दिएको थियो।

पहेलो पोष्टबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved