यस्तो देखीयो इटहरी नमुना कलेजको विग इनोभेसन डे- हेर्नुहोस (तस्वीरहरु सहित)

  • फागुन ९, २०७६
  • कालापानी मिडिया
alt

इटहरी । सुनसरीको इटहरीमा रहेको ग्रिनपिस लिंकन कलेज , ग्रिनपिस एकेडेमी तथा इटहरी नमुना कलेजका विद्यार्थीहरुले संयुक्त रुपमा वृहत प्रर्दशनी गरेको छ ।विद्यार्थीहरुले वनाएका घरेलु प्रयोजनका सामाग्री देखि लिएर शैक्षिक तथा परिकारहरु समावेश गरिएका एक सय वटा स्टल मार्फत आफनो सिप प्रतिभाहरु प्रर्दशन गरेका हुन । विद्यार्थीहरुको सिप तथा प्रतिभालाई समेटीएको प्रर्दशनी कार्यक्रमकी प्रमुख अतिथी प्रदेस नम्बर १की उप सभामुख सरस्वती पोखरेलले पाठ्यक्रमको ज्ञानका साथै प्रयोगात्मक एवंम व्यवहारिक शिक्षामा जोड दिदै जानु पर्नेमा जोड दिइन । उनले प्रदेसले शिक्षासंग जोडिएका निती नियमहरु वनाउदा समय सापेक्ष वनाउदै जाने निती लिएको समेत वताइन । केशव खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी नेपाल काग्रेस इटहरी सभापति हेमकर्ण पौडेल लगायतका सहभागी बक्ताहरुले विद्यार्थीलाई जिवनपयोगी शिक्षा प्रदान गर्दै , किताववाट सिकेका सिपलाई व्यवसायमा रुपान्तरण गर्न र आत्मनिर्भर वनाउन यस प्रकारका कार्यक्रमहरु प्रभावकारी हुने विश्वास व्यक्त गरे । कार्यक्रमा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम तथा प्रतिभा प्रर्दशन गरेका थिए । विद्यार्थीहरु विच नृत्यकला प्रतियोगिताको समेत समावेश गरिएको इटहरी नमुना कलेजका प्रमुख धर्म न्यौपानेले वताए ।विद्यार्थीहरुरुको क्षमता अभिवृद्धि गराउन मर्मत पुगोस भनेर विद्यार्थीहरुकै सहभागिता रहने गरी आयोजना गरिएको प्रर्दसनीमा विद्यार्थीहरुले शैक्षिक विषयसंग जोडीएका मात्र नभएर घरायसी प्रयोगका हराउदै गरेको सामाग्री देखि धेरै जातजातिका भेषभुषा समेत समावेश गरिएको छ ।

इटहरी क्षेत्रमै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित हुदै गएको ग्रिनपिस लिंकन कलेज , ग्रिनपिस एकेडेमी तथा इटहरी नमुना कलेजका विद्यार्थीहरुले तयार पारेका शैक्षिक सामाग्रीहरु साथै व्यवहारीक सामाग्रीहरुको प्रर्दशनी हेर्न अभिभावकहरुको समेत उल्लेखिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved