प्रकाण्ड छोरालाई हिरासतमा करेन्ट लगाएर यातना दिइएको खुलासा

  • फागुन ११, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डका छोरा नरेन्द्र विकलाई हिरासतमा करेन्ट लगाएर यातना दिएको खुलासा भएको छ । प्रहरीले सोमबार दिउँसो १ः३० बजे मध्य बानेश्वरबाट गिरफ्तार गरि विकलाई अपराध महाशाखा, टेकु पुर्याएको थियो । नरेन्द्र विक नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारी का केन्द्रीय कोषाध्यक्ष हुन् ।

प्रहरीले नरेन्द्र विकलाई प्रकाण्ड कहा छन ? पार्टीको भावी योजना के छ ? भन्दै निर्घात कुटपिट गर्नुका साथै करेन्ट लगाएर बयान लिएको बुझिएको छ । देशमा वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापना र जनताको वास्तविक अर्थको राज्य व्यवस्था, वैज्ञानिक समाजवाद स्थापनाको आन्दोलनमा अनवरत लागेका अखिल क्रान्तिकारी का केन्द्रीय कोषाध्यक्ष नरेन्द्रमाथि उनका पिता प्रकाण्डको बारेमा बिभिन्न प्रश्न गर्दै निर्घात कुटपिट गर्नुका साथै करेन्ट लगाएर बयान लिएको बुझिएको छ ।

अपराध महाशाखा, टेकुको हिरासतमा रहेका नरेन्द्रलाई भेटेर फर्किएका व्यक्तिका अनुसार नरेन्द्रको अनुहार र शरीर भरि निलडाम र चोटहरु रहेको छ । उनको खुट्टालागायत शरीर सुन्निएको र मानसिक रुपमा समेत त्रसित रहेको बताए । उनलाई अहिलेसम्म प्रहरी उपचारको लागि अस्पताल नलागेको र कुनै औषधि समेत उपलब्ध नगराएको बताए । उनले यस अघि नै आफुले नरेन्द्रमाथि राजनीतिक प्रतिसोधका आधारमा निर्घात कुटपिट भएको बताउदै सम्पूर्ण पत्रकार , रास्ट्रिय मानब अधिकार आयोगलागायत सम्बद्ध सबै पक्षलाई घटनाको सत्य तथ्य बुझि न्यायको लागि पहल गरिदिन आह्वान गरे पनि अहिले सम्म कतै वाट सुनुवाई नभएकोमा चिन्ता समेत जाहेर गरे ।

टेकु हिरासतमा रहेका बिकमाथि शारीरिक तथा मानसिक यातना दिईएको भन्दै उनको मानवअधिकारको रक्षा गरिदिन माग गर्दै शुक्रवार परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिए पनि अहिलेसम्म कुनै सुनुवाई नभएको उनको परिवारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved